देश/प्रदेश

४० वर्षदेखि सञ्चालनमा नआउँदा कवाडीमा दिने खोजिएको १०६ वर्ष पुरानो दमकल मर्मतपछि सञ्चालनमा

Banner

ललितपुर, साउन ६-

कवाडीमा दिने तयारीमा रहेको पुरानो दमकल (जुद्ध वारुण यन्त्र) लाई ललितपुर महानगरपालिकाले मर्मत गरेको छ । महानगरपालिकाले कवाडीमा दिने तयारीमा रहेको १०६ वर्ष पुरानो दमकल मर्मत गरेको हो ।

झन्डै ४० वर्षयता प्रयोगमा नआएको उक्त दमकल महानगरपालिकाले मर्मत गरेपछि भने आजबाट सञ्चालनमा आउने भएको छ ।

विभिन्न देशबाट आवश्यक पुर्जा सङ्कलन गरेर उक्त दमकलको मोहन प्रसाद नहकर्मीले मर्मत गरेका हुन् । यो दमकल प्रयोगमा आएसँगै ललितपुर महानगरसँग अब दमकलको सङ्ख्या ६ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>