देश/प्रदेश
भेटीघाटीबाट ज्येष्ठ नागरिक आश्रममा प्रेक्षालय निर्माण
०

बेनी (म्याग्दी), साउन ६-
जिल्लाको बेनीनगरपालिका–९ गलेश्वरस्थित ज्येष्ठ नागरिक आश्रममा गलेश्वर शिवालयमा सङ्कलन भएको भेटीघाटी र दाताले दिएको रकमबाट प्रेक्षालय निर्माण भएको छ ।
ज्येष्ठ नागरिक आश्रम परिसरमा रहेको सामुदायिक स्वास्थ्य एकाइको भवनमा तला थप गरेर सुविधासम्पन्न प्रेक्षालय निर्माण गरिएको गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुनले बताउनुभयो । भवन निर्माणका लागि गलेश्वर शिवालय क्षेत्र विकास कोषबाट रु १५ लाख र आश्रमको कोषबाट रु तीन लाख ४९ हजार छ सय ५० प्राप्त भएको अध्यक्ष पुनले बताउनुभयो । प्रेक्षालयको क्षमता एक सय ५० जनाको हो । हाल ४८ जना ज्येष्ठ नागरिक भवनमा आश्रित छन् ।
यसैबीच, प्रेक्षालयका लागि म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) को कतारस्थित गण्डकी प्रदेश समन्वय परिषद्ले रु ५० हजार बराबरका फर्निचर प्रदान गरेको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























