देश/प्रदेश

८०० नेपाली विद्यार्थीले बङ्गलादेश छाडे : परराष्ट्र मन्त्रालय

Banner

काठमाडौं, साउन ६-

सरकारी जागिरमा लागु भएको कोटा विरोधी आन्दोलनबाट असर परेका ८०० नेपालीले बंगलादेश छाडेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार शनिबार स्थल तथा हवाई माध्यम हुँदै ती विद्यार्थीले बंगलादेश छाडेका हुन् । उनीहरु नेपाल प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनीहरुलाई नेपाली राजदूतावासले सहजिकरण गरेको थियो । गत जेठबाट सुरु भएको आन्दोलनमा कम्तिमा १५० को ज्यान गएको छ भने बङ्गलादेशमा सैन्य कर्फ्यू लागु गरिएको छ ।

इन्टरनेट सेवा बन्द गरिएको छ । यस अगाडि ढाकास्थित नेपाली राजदूतावासले साह्रोगाह्रो परेकालाई सहयोग गर्न एक सूचना प्रकाशन गरेर नम्बर सार्वजनिक गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>