देश/प्रदेश

कालिका लघुवित्त वित्तीय संस्थामा आबद्ध भूकम्पपीडित सदस्यलाई १८ लाख सहयोग

Banner

त्रिवेणी (रुकुमपश्चिम), साउन ५-

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मुसिकोट रुकुमपश्चिमले भूकम्पपीडित सदस्यलाई रु १८ लाख सहयोग गरेको छ । आज संस्थाले यहाँ आयोजना गरेको राहत वितरण कार्यक्रममा संस्थामा आबद्ध भूकम्पपीडित सदस्यलाई रु १० हजारका चेक हस्तान्तरण गरिएको हो ।

जिल्लाका आठबिसकोट र मुसिकोट नगरपालिका तथा त्रिवेणी गाउँपालिकाका गरी एक सय ७९ जना संंस्थामा आबद्ध सदस्यलाई रु १० हजारका दरले रु १७ लाख ९० हजार सहयोग गरिएको कालिका लघुवित्त वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत फनिन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्पप्रभावित क्षेत्रका सदस्यलाई आर्थिक रुपमा केही सहज होस् भन्ने उद्देश्यले नगद सहयोग गरिएको हो ।

कालिका लघुवित्तले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सदस्यलाई सहयोग गरेको पाण्डेले बताउनुभयो । सामाजिक उत्तरदायित्व कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उहाँले जनाउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>