अन्तर्राष्ट्रिय
विमानस्थलमा विश्वव्यापी आईटी क्षेत्रमा देखिएको अवरोधको प्रभाव

काठमाडौँ, साउन ४-
विश्वव्यापी आईटीको क्षेत्रमा भइरहेको अवरोधले चीनका ग्राहकलाई असर गरेको छ । कम्प्युटरमा ब्लु स्क्रिन र इरर मेसेज देखाएको बताइएको छ ।
थर्ड पार्टी एन्टिभाइरस सफ्टवेयर जडान गरिएका कम्पनीका कम्युटरमा यस्तो समस्या देखिएको माइक्रोसफ्टले चिनियाँ सामाजिक सञ्जाल विवोमा राखेको वक्तव्यमा जनाइएको छ ।
माइक्रोसफ्टले अहिले नै समस्याको कुनै समाधान दिन सकेको छैन । उसले चीनमा कम्पनीका आईटी टेक्निसियनसँग सम्पर्क गर्न भनेको छ ।
भारत, जापान र न्युजिल्यान्डमा पनि आईटीमा समस्या
जापानको नारिता विमानस्थल र भारतको नयाँ दिल्लीस्थित विमानस्थलमा पनि सूचना प्रविधि क्षेत्रमा आज देखिएको विश्वव्यापी असरको प्रभाव परेको छ ।
न्युजिल्यान्डको विमानस्थल र संसद्का कम्प्युरटरले समेत काम गरेका छैनन् । विश्वव्यापी रूपमा विमान ग्राउन्डेड हुने समस्या परेपछि यात्रु मर्कामा परेका छन् ।
युरोप, अमेरिका र अस्ट्रेलियाको आईटी क्षेत्रमा पनि असर
युरो, अमेरिका र अस्ट्रेलियाको सूचना प्रविधि क्षेत्रमा अचानक शुक्रबार समस्या आएको छ । जसका कारण कम्प्युटरहरूले काम गरेका छैनन् ।
विमानहरू ग्राउन्डेड भएका छन् भने बैंक, टेलिकम्युनिकेसनलगायत विषयमा समस्या आएको छ ।
बेलायतको लन्डन, नेदरल्यान्डसको आर्मस्टर्डम, स्कटल्यान्ड, अस्ट्रेलिया, जर्मनीलगायत मुलुकमा हवाई सेवामा अवरोध भएको छ । बेलायतमा स्काई न्यूज अफ एयर भएको छ । बेलायतका रेल कम्पनी पनि प्रभावित भएका छन् ।
माइक्रोसफ्टको सफ्टवेयरमा समस्या भएर यस्तो अवरोध आएको जनाइएको छ । माइक्रोसफ्टले समस्याको सम्बोधनका लागि पहल भइरहेको जनाएको छ ।
जर्मनी, अमेरिका, लन्डन र नेदरल्यान्डसमा पनि विमान ग्राउन्डेड
अमेरिकाको अलास्काको प्रहरीले इमर्जेन्सी सर्भिसबारे अरुले काम नगरेको जनाएको छ । अमेरिकाको युनाइटेड, डेल्टा र अमेरिकन एयरलाइन्सले विश्वव्यापी रूपमा बिमान ‘ग्राउन्ड स्टप’ भनेका छन् ।
























