देश/प्रदेश

मरेको चित्तल, बन्दुक र गोलीसहित निकुञ्जबाट रंगेहात पक्राउ परे ४४ वर्षीय मोहन

Banner

काठमाडौँ, साउन ४-

बाँके राष्ट्रिय निकुञ्जमा शिकारी रंगेहात पक्राउ गरेको छ। राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ अन्तर्गत पर्ने महादेवा जंगलबाट कोहलपुर नगरपालिका १३ सिम्री निवासी ४४ वर्षका मोहन थारुलाई निकुञ्जको टोलीले रंगेहात पक्राउ गरेको हो।

निकुञ्जको संयुक्त गस्ति टोलीले बुधबार राती १२ बजे गोली लागेर मरेको भाले चित्तल, एक थान भरुवा बन्दुक, २ राउण्ड गोली र अन्य सामानसहित पक्राउ गरेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहका अनुसार पक्राउ परेका थारु विरुद्ध आवश्यक अनुसन्धान सुरु गरिएको छ । पक्राउ परेका थारु विरुद्ध राष्ट्रिय निकुञ्ज ऐन–२०२९ र हात हतियार खरखजना अन्तर्गत मुद्दा चलाइने निकुञ्ज कार्यालयले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>