अर्थ
अवैध रकम खातामा जम्मा भए जानकारी दिन सीआईबीको आग्रह
०

काठमाडौँ, साउन ४-
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खातामा अवैध रकम जम्मा भए जानकारी गर्न आग्रह गरेको छ । सीआईबीले अवैध च्यानलको प्रयोग भई खातामा रकम जम्मा भएको पाइएकोले खातामा अवैध रकम जम्मा भए जानकारी गर्न आग्रह गरेको हो ।
विदेशमा रहेका नेपाली नागरिकले विदेशमा आर्जन गरी पठाएको विप्रेषण (रेमिट्यान्स) बापतको रकम अवैध प्रक्रियाबाट आइरहेको र त्यो रकम एजेन्टले विदेशमा रहेका नेपालीको नेपालमा रहेका आफन्तको बैंक खातामा जम्मा गर्ने गरेको पाइएको भन्दै त्यस्तो भएको पाइए खबर गर्न सीआईबीले आग्रह गरेको हो ।
अनुसन्धानका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, अष्ट्रेलिया, अमेरिका, जापान, दक्षिण कोरिया, बेलायतलगायतका देशबाट पठाउने रकममा यस्तो समस्या देखिएको सीआईबीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























