देश/प्रदेश

नारायणीसहित चार नदीमा आगामी तीन दिन जलसतह बढ्ने

Banner

काठमाडौं, साउन ४-

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली नदीमा जल सतह बढ्न सक्ने जनाएको छ। ती नदीको जलाधार क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएकाले तटीय क्षेत्रमा बाढीको जोखिम औंल्याइएको हो।

त्यस्तै यी नदीका प्रमुख सहायक नदीहरू साथै कन्काइ, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह बढ्दो हुने विभागले बताएको छ।

शुक्रबार सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, पाल्पा रूपन्देही, कपिलवस्तु, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान रहेकोले उच्च सावधानी अपनाउन विभागले भनेको छ।

यसका अतिरिक्त ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धादिङ, मकवानपुर, प्यूठान, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, बझाङ, दार्चुला, कैलाली र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरुमा बहाव बढ्ने जोखिम छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>