देश/प्रदेश

नक्कली डिएसपी बनेर तीन महिनादेखि सरकारी कार्यालयमा अनुगमन गर्ने पुरुष प्रकाउ

Banner

बाँके, साउन २-

नक्कली डिएसपी बनेर सरकारी कार्यालयमा अनुगमन गर्ने एक पुरुष प्रकाउ परेका छन् । बाँके प्रहरीले नक्कली डिएसपी बनेर सरकारी कार्यालयमा अनुगमन गर्ने दैलेख नगरपालिका – ५ का ३० वर्षीय नैनसिंह विकलाई प्रकाउ गरेको हो । विकलाई हिजो (मंगलबार) कोहलपुर नगरपालिका-११ बाट पक्राउ गरिएको हो।

राष्ट्रिय अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को डिएसपी बताउँदै सरकारी कार्यालयहरूमा अनुगमनमा जाने गरेको भेटिएपछि नैनसिंहलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए।

उनले आफूलाई डिएसी नवीन शाही हुँ भनेर तीन महिनादेखि बाँकेका विभिन्न सरकारी कार्यालयहरूमा अनुगन गर्ने र विभिन्न सूचना संकलन गर्ने र कर्मचारीहरूसँग चिया, खाजा खाने गरेको भेटिएको ‍एसपी कार्कीले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>