देश/प्रदेश
जापानमा प्राविधिक कामदार पठाउने संस्थालाई सूचीकरण हुन आह्वान
०

काठमाडौं, साउन १-
वैदेशिक रोजगार विभागले जापानमा प्राविधिक श्रमिक पठाउने संस्थाहरूलाई सूचीकृत हुन आह्वान गरेको छ ।
विभागले जारी गरेको सूचनाअनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत पत्र प्राप्त गरी वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ३ बमोजिम योग्यता पुगेका इजाजतपत्रवाला संस्थाहरूले निवेदन दिन सक्नेछन् ।
‘नेपाली प्राविधिक अभ्यासार्थी जापान पठाउने निर्देशिका, २०६६ (दोस्रो संशोधन २०७१) को दफा १६ को उपदफा (२) तथा (३) बमोजिम सूचीकृत हुनको लागि १५ दिनभित्र विभागमा निवेदन दिन अनुरोध गरिएको छ,’ सूचनामा भनिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























