देश/प्रदेश

पहिरोले बेँसीसहर चामे सडक अवरुद्ध

Banner

लमजुङ, असार ३१-

पहिरोले बेँसीसहर चामे सडक अवरुद्ध भएको छ । मस्र्याङ्दी गाउँपालिका–४ स्याँगेमा आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक मेघनाथ चापागाईले ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध भएको र सडक खुलाउन प्रहरी त्यसर्फ प्रस्थान गरिसकेको जानकारी दिनुभयो ।

यस सडकअन्तर्गत मनाङखण्ड भने यही १८ गते साँझदेखि अवरुद्ध रहँदै आएको छ । चामे गाउँपालिकास्थित तिमाङ खोलामा काठे पुल र सो नजिकै पक्की मोटरेवल पुल बाढीले बगाएपछि सवारी सञ्चालन हुन सकेको छैन । आवागमन रोकिँदा मनाङवासी समस्यामा परेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>