देश/प्रदेश

मनसुनी प्रणाली आजदेखि केही कमजोर हुने, यी स्थानमा ठूलो पानी पर्ने

Banner

काठमाडौं, असार २९-

गएको बुधवार रातिदेखि सक्रिय भएको मनसुनी प्रणाली आजदेखि केही कमजोर हुने मौसमविद्ले बताएका छन् । मनसुन न्यून चापीय रेखा पूर्वी क्षेत्रमा नेपालतर्फ सर्दा धेरै ठाउँमा अति ठूलो पानी परेको थियो । आजदेखि न्यून चापीय रेखा सरदर स्थानमा पुगेको मौसम पूर्वानुमान् महाशाखाका मौसमबिद् गोविन्द झाले जानकारी दिए।

मनसुन न्यून चापीय रेखा सरदर स्थानमा पुगे पनि उत्तर प्रदेशमा विकसित न्यून चापीय रेखाका कारण कोशी, बाग्मती, गण्डकी र लुम्बनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

२४ घण्टामा ५० देखि एक सय मिलिमिटरसम्म वर्षा भएमा त्यसलाई ठूलो वर्षा मानिन्छ । त्यस्तै, एक सय देखि दुई सय मिलिमिटरसम्म वर्षा भएमा धेरै ठूलो वर्षा र दुई सय मिलिमिटरभन्दा बढी पानी परेमा अति ठूलो वर्षा भएको मानिन्छ ।

आज देशका सबैजसो ठाउँमा बदली भएर कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका केही ठाउँ र कर्णाली र सदुरपश्चिमको एक–दुई ठाउँमा हल्कादेखि मध्ययम वर्षाको संभावना रहेको छ । अहिले पर्सा जिल्लाका केही ठाउँमा ठूलो बर्षा भइरहेको छ । यस्तै गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा सामान्यदेखि मध्ययमखालको पानी परिरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>