देश/प्रदेश
पोखरामा पहिरोले घर पुर्दा ७ जनाको मृत्यु, २ जना घाइते
०

काठमाडौं, असार २८-
कास्कीको पोखरा महानगरपालिकामा पहिरोले घर पुर्दा ७ जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छन्।
पोखरा–१९ पुरनचौरमा पहिरो जाँदा ७ जनाको ज्यान गएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। २ जनालाई घाइते अवस्थामा उद्धार गरेको उनले बताए। मृतक र घाइतेको परिचय खुल्न भने बाँकी छ।
सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएर उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























