देश/प्रदेश
प्रधानमन्त्री दाहाललाई जनता समाजवादी पार्टीले विश्वासको मत नदिने
०

काठमाडौं, असार २७-
सरकारलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले विश्वासको मत नदिने भएको छ। आज बसेको जनता समाजवादी पार्टी संसदीय दल बैठकले प्रधानमन्त्री दाहालले राख्ने विश्वास मत प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको सांसद प्रदीप यादवले जानकारी दिए।
भोलि बिहान ११ बजे प्रतिनिधि सभाको बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले विश्वास मतको प्रस्ताव पेस गर्दैछन्।