देश/प्रदेश

कैलालीमा अचेत भेटिएका दुई जनाको मृत्यु

Banner

कैलाली, असार २६-

कैलालीमा अचेत अवस्थामा भेटिएका दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अचेत अवस्थामा फेला परेका लम्की चुहा नगरपालिका–५ का ५१ वर्षीय सागर विक र अर्र्को नाम नाम, थर, वतन नखुलेको एक व्यक्तिको मृत्यु भएको हो ।

विक हिजो बाटोमा अचेत अवस्थामा फेला परेका थिए। इलाका प्रहरी कार्यालय लम्कीबाट खटेको प्रहरी टोलीले उपचारको लागि स्थानीय अस्पताल भल्कामा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। त्यसैगरी लम्की चुहा–३ खैरेनीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमाथि अचेत अवस्थामा फेला परेका अन्दाजी ५६ वर्षका पुरुषको पनि मृत्यु भएको छ ।

दुवै घटनाका बारेमा थप अनुसन्धान जारी रहेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>