देश/प्रदेश

एक करोड ८९ लाख बराबरका सामान बरामद

Banner

वीरगञ्ज (पर्सा), असार २४-

पर्सा प्रहरीले बिलबिजनक नभएको रु एक करोड ८९ लाख ५० हजार छ सय २२ मूल्य बराबरका सामानसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ स्थित एकीकृत जाँचचौकी नजिकै सडकमा रोकिराखेका दुई वटा ट्रकबाट हार्डवेयर र मोटरपार्टस् बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले दुई वटा मालबाहक ट्रकबाट बरामद भएका हार्डवेयर र मोटरपार्टस् आजै कानुनी प्रक्रिया पु¥याएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको बताउनुभयो ।

प्रहरीले ना ६ ख ४०५८ र ना ३ ख १८७ नं को दुई वटा ट्रकबाट सो समान बरामद गरेको हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>