देश/प्रदेश

आजबाट देशैभर मनसुनको सक्रियतामा कमी आउने

Banner

काठमाडौं, असार २४-

नेपालमा आजबाट मनसुनको सक्रियतामा कमी आउने भएको छ । नेपाल नजिक रहेको मनसुनको न्यून चापीय रेखा दक्षिणतिर सर्दै जाँदा देशभर मनसुनको सक्रियतामा कमी आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको हो।

महाशाखाले आइतबार नै बुलेटिन जारी गरेर न्यून चापिय रेखा सोमबादेखि क्रमिकरूपमा दक्षिण तिर सर्दै जाने बताएको थियो।

मौसमविद् राजु प्रधानाङ्गाका अनुसार मनसुनको न्यून चापीय रेखा दक्षिणतिर सर्दै जाँदा वर्षात कम हुने देखिन्छ। आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना नभएको होइन। तर यो अपराह्नपछि कमजोर बन्दैजान्छ,’ उनले भने।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>