देश/प्रदेश

जुम्लामा कल्भर्ट भत्काउने क्रममा एक कामदारको मृत्यु, तीन जना घाइते

Banner

सुर्खेत, असार २२-

जुम्लाको पातारासी गाउँपालिकामा कल्भर्ट भत्काउने क्रममा च्यापिएर एकजनाको मृत्यु भएको छ । पातारासी गाउँपालिका-१ स्थित डलिगाड ठूलो खोलामा पुरानो कल्भर्ट भत्काउने क्रममा च्यापिएर एकजनाको मृत्यु हुँदा तीन जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका जुम्लाका सुचना अधिकारी प्रहरी निरीक्षक उमेश चन्दले पुल भत्किँदा च्यापिएर पातारासी गाउँपालिका-१ का ५३ वर्षीय रन बुढाको घटनास्थलमै मृत्यु भएकोजानकारी दिए ।

यस्तै, पातारासी गाउँपालिका-१ का ४१ वर्षीय कर्ण ऐडी, १८ वर्षीय शुरेस बुढा र १६ वर्षीय धन ऐडी घाइते भएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>