देश/प्रदेश

रुख ढल्दा खुम्बु पासाङल्हामु गाउँपालिका कार्यालय भवनमा क्षति

Banner

सोलुखुम्बु, असार २१-

खुम्बु पासाङल्हामु गाउँपालिकाको कार्यालय भवनमा रुख ढल्दा क्षति पुगेको छ ।

रुख ढल्दा खुम्बु पासाङल्हामु गाउँपालिकाको कार्यालय भवन क्षति भएको छ । हिजो (बिहीबार) कार्यालय नजिकै रहेको रुख ढल्दा वडा नम्बर ३ मा रहेको गाउँपालिका कार्यालय भवनमा क्षति भएको हो ।

रुखले गाउँपालिका कार्यालय भवनसहित अर्को एउटा घर समेत पूर्णरूपमा क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार रुख आफैँ मक्किएर ढल्दा भवनमा क्षति पुगेको हो।

रुखले पालिकाले भाडामा लिएर सेवा प्रवाह गर्दै आएको स्थानीय ल्हाक्पा दिकी शेर्पाको तीन तले घर र नजिकै रहेको निमा वाङ्छु शेर्पाको दुई तले घरसहित ग्लाली र शौचालयमा पूर्ण क्षति भएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>