देश/प्रदेश
खुकुरी प्रहार गरी आमाको हत्या, छोरा पक्राउ
०

तेह्रथुम, असार २१-
प्रहरीले आमाको हत्याको आरोपमा छोरालाई पक्राउ गरेको छ। तेह्रथुम लालिगुराँस नगरपालिका-८ सोल्मा तेजेन्द्र चोक बस्ने ४६ वर्षीया तिलमाया नेपालीको हत्या गरेको आरोपमा प्रहरीले उनका २३ वर्षीय छोरा दिपक नेपालीलाई पक्राउ गरेको हो।
हत्या भएको खबरपछि जिल्ला प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय बसन्तपुर र प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
बिहीबार दिउँसो दिपकले आफ्नी आमामाथि खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























