देश/प्रदेश

युरोप र अष्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने २ भारतीय नागरिक पक्राउ

Banner

काठमाडौँ, असार १९-

नेपाल प्रहरीको टोलीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । दर्ता नगरी मेनवापर सञ्चालन गर्ने दुई जना भारतीय नागरिकलाई प्रहरीले प्रकाउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारतको महाराष्ट्र प्रदेश मुम्बई पोष्ट बर्भे नगरगाउँ असल्फाका २४ वर्षीय रवन्द्रि राणे र मुम्बई जिपिओ कोलावका ३७ वर्षीय जावेद मसिह छन् । उनीहरुलाई नवलपरासी पश्चिम प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले ५ दिनअघि जेडी नामको मनेपावर खोलेर अष्ट्रेलिया, रसिया, इटाली पठाउने भन्दै ठगी गर्न खोजेको पाइएको एसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>