Breaking News

एसईईको नतिजा अपलोड, अबको एक घन्टामा हेर्न मिल्ने

Banner

काठमाडौं, असार १३-

राष्ट्रिय परीक्षा बोर्डले (एसईई) २०८० को नतिजा आज बिहान सार्वजनिक भएपनि विद्यार्थीहरूले कुनै पनि माध्यमबाट हेर्न पाएका छैनन् ।

बोर्डले एसईईको नतिजा अपलोड गरिसकेको र एक घण्टाभित्रै सबैले हेर्न पाउने राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जङ्गबहादुर अर्यालले बताए । अर्यालले भने, ‘हामीले भरखरै नतिजा अपलोड गरिसकेका छौँ र अबको एक घण्टाभित्रै सबैले नतिजा हेर्न सक्नेछन् । ११ वाट माध्यमहरूबाट विद्यार्थीहरूले नतिजा हेर्न सक्नेछन् ।’

करिब २ घण्टा अघि प्रकाशन गरिसकेको एसईईको नतिजा अहिलेसम्म विद्यार्थीहरूले हेर्न नपाएपछि गुनासो गरिरहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>