देश/प्रदेश

बुद्धको मुर्तीसहित बाँकेमा तीन जना पक्राउ

Banner

दाङ, असार १३-

बाँकेमा बुद्धको मूर्ती चोरी गर्ने तीन जना पक्राउ परेक छन्।

पक्राउ पर्नेमा रुपन्देहीको तिलोतमा नगरपालिका-११ का ५० वर्षीय खिमबहादुर कवर, सोही ठाउँकै ५० वर्षीय रामु न्यौपाने र दाङको घोराही उपमहानगरपालिका-१५ का निमबहादुर कवर पक्राउ परेका छन् ।

उनीहरुलाई राप्तीसोनारी गाउँपालिका-८ ढकेरी शम्शेरगञ्जबाट बुधबार दिउँसो पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगी ले जानकारी दिए ।

पूर्व-पश्चिम राजमार्गमा यात्रा गरिरहेका उनीहरूलाई चेकजाँचका क्रममा मूर्तीसहित पक्राउ गिएको डिएसपी डाँगीले बताए । रुपन्देहीका खिमबहादुरले बोकेको झोला चेकजाँचका क्रममा बुद्धको मूर्ती फेला परेको थियो।

यो मूर्ती प्राचिन र बहुमूल्य हुन सक्ने आशंका प्रहरीको छ । त्यसको अध्ययन तथा परीक्षणका लागि पुरातत्व विभागमा पठाउने तयारी प्रहरीको छ । मूर्ती कहाँबाट र कसरी ल्याइएको हो भन्ने बारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>