देश/प्रदेश

टोखा नगरपालिकाले मृतकका परिवारलाई किरिया खर्च दिने

Banner

काठमाडौँ, असार १३-

टोखा नगरपालिकाले नगरक्षेत्रमा स्थायी बसोबास भएका व्यक्तिको मृत्यु भएमा मृतकका परिवारलाई किरिया खर्चबापत रु पाँच हजार उपलब्ध गराउने भएको छ । यो सहायता रकम आगामी आर्थिक वर्षदेखि प्रदान गरिने छ । नगरपालिकाका उपप्रमुख मुरारी तामाङका अनुसार किरिया खर्च शीर्षकमा पालिकाले रु १० लाख विनियोजन गरेको छ । चाकुको लागि प्रख्यात टोखा बजारमा ‘चाकुस्तम्भ’ निर्माण गन रकम विनियोजन गरिएको छ । टोखाको चाकुलाई देश तथा विदेशमा प्रचार गर्न स्तम्भ सहयोगी हुने उहाँको विश्वास छ ।

यसैगरी ‘मेयर उज्यालो’ कार्यक्रमलाई निरन्तरता दिँदै मठमन्दिर, विद्यालयलगायत सबै सार्वजनिकस्थलमा बत्ती जडान, टोखा सांस्कृतिक संरक्षित क्षेत्रभित्रका प्राचीन शैलीका घर संरक्षण, ‘मेयर दीर्घायु कार्यक्रम’को निरन्तरता तथा उपप्रमुखसँग बालबालिका कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको जानकारी उहाँले दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>