देश/प्रदेश

७४ लाख राजस्व सङ्कलन

Banner

महेन्द्रनगर (कञ्चनपुर), असार १२-

सवारी साधनको चाप बढेसँगै कञ्चनपुरमा चालु आर्थिक वर्षमा चार हजार चार सय जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् ।

यातायात व्यवस्था कार्यालयका अनुसार यहाँ मोटरसाइकल, स्कुटर, ट्याक्टर, जीप/कारलगायत सवारी साधनको चालक अनुमतिपत्र जारी गरेर रु ७४ लाख राजस्व सङ्कलन भएको छ ।

उक्त कार्यालयबाट सबैभन्दा धेरै मोटरसाइकल र स्कुटरचालकको अनुमतिपत्र जारी भएको छ । गत आर्थिक वर्षमा अनुमतिपत्र जारी गरेर रु ८७ लाख ५९ हजार राजस्व सङ्कलन भएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>