देश/प्रदेश

लमजुङको पहिरोमा पुरिँदा बेपत्ता भएका चारजनाको शव फेला

Banner

लमजुङ, असार १२-

जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । पहिराले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए ।

पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उहाँकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले राससलाई बताउनुभयो । उहाँले प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरुको शव निकालेका हुन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>