देश/प्रदेश

कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु, चार जना घाइते

Banner

कैलाली, असार १२-

चट्याङ लागेर कैलालीमा दुई जनाको मृत्यु हुँदा चार जना घाइते भएका छन् । जिल्लाको जोशीपुर गाउँपालिका- ३ भितरीया बस्ने वर्ष ३२ वर्षीय जयराम डंगौराको र धनगढी १८ मा सालिक चौधारीको चट्याङ लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज बिहान करिब ७ः३० बजेको समयमा घरदेखि ३ सय मिटर पूर्व आफ्नै खेतमा काम गर्ने क्रममा चट्याङ लागेर घाइते भएका डंगौराको स्थानीय मेडिकल महापार्वती मेडिकलमा र बौलियाका चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै जिल्लाको भजनी नगरपालिका- ६ महादेउली बस्ने ५५ वर्षीय रामबहादुर चौधरी सोही समयमा चट्याङ पर्दा घाइते भएका छन् । यस्तै विद्यालय जाने क्रममा जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने ९ वर्षीय सरस्वती भुल, ७ वर्षीय पारु कठायत र १० वर्षीय खिमा कठायत गम्भीर घाइते भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>