देश/प्रदेश
भेरी करिडोरको रिम्नामा सडक अवरुद्ध
०

काँक्रेविहार (सुर्खेत),असार ११-
भेरी करिडोर अन्तर्गत जाजरकोटको भेरी नगरपालिका-१ रिम्ना नजिक पहिरोका कारण सडक अवरुद्ध भएको छ । आज बिहानैदेखि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ ।
निरन्तरको वर्षापछि पहिराले सडक अवरुद्ध भएको भेरी करिडोर आयोजाका प्रमुख सुनिल रञ्जितकारले बताउनुभयो । अहिले पहिरो हटाउने काम भइरहेको छ । सडक अवरुद्ध हुँदा जाजरकोट, रुकुमपश्चिम र डोल्पा आवतजावत गर्ने यात्रु बाटोमै अलपत्र परेका छन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























