देश/प्रदेश
नेपालगञ्जमा गर्मीबाट स्थानीयलाई बचाउन ‘कुलिङ सेन्टर’ सञ्चालनमा ल्याउने रेडक्रसको तयारी

नेपालगञ्ज, असार ८-
नेपाल रेडक्रम सोसाईटीले गर्मीबाट स्थानीयलाई बचाउन नेपालगञ्जमा ‘कुलिङ सेन्टर’ स्थापना गर्ने भएको छ ।
गर्मीबाट हुने लु लगायतका विपद् व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा सो सेन्टर स्थापना गर्ने कामलाई अघि बढाएको हो । बालबालिबालिका, बुढाबुढी र रोगी मानिसहरुलाई गर्मीबाट हुने जोखिम टार्नका लागि नेपालगञ्ज उपमहानगरपालिकासँगको सहकार्यमा सो कुलिङ सेन्टर स्थापना गर्ने तयारीको कामलाई अन्तिम चरणमा पु¥याइएको रेडक्रसका विपद् व्यवस्थापन निर्देशक सागर श्रेष्ठले बताउनु भयो । अहिले रेडक्रसले सबैभन्दा बढी गर्मी हुने देशका मुख्यमुख्य शहरहरु नेपालगञ्ज, भैरहवा, धनघढी र विराटनगरमा गर्मीबाट बच्ने उपायबारे जानकारी गराउने उद्देश्यले ‘हिट एक्सन प्लान’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । त्यसैगरी गर्मीमा खानेपानीको अभाव हुन नदिन नेपालगञ्ज र भैरहवामा निःशुल्क वाटर एटिएमको पनि व्यवस्था गरिएको रेडक्रसका विपद् व्यवस्थापन विभागका निर्देशक श्रेष्ठले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो चाहीँ तराईको अधिकांश ठाउँहरुमा हामीले लु बाट बच्नका लागि काम गर्नुपर्छ होला भन्ने प्लान गरिराखेका छौ । यसका लागि हामी पार्टनरहरुसँग पनि कुरा गरिराखेका छौं । यदि रिसोर्समा हामीलाई सहयोग मिल्यो भने हामीले तराईको एरियामा कभर गर्ने हिसावले लोकल गोभर्मेन्ट प्लस नेशनल गोभर्मेन्टसँग मिलेर काम गर्छौं । यो नेपाल रेडक्रस सोसाईटीमा मात्रै गर्ने काम होइन । हाम्रो त कनेक्टिङ रोल हो । ओनरसिप त लोकल गोभर्मेन्टकै हुन्छ । अहिलेको हिट याक्सन प्लानमा पनि उपलब्धिको कुरा गर्नु हुन्छ भने मिनिसिपालिटी आफैले को अफण्डिङ गरेर गरेर हामीले कार्यक्रमहरु गरिराखेका छौं । उपलब्धिकै कुरा गर्ने हो भने अवार्नेसका कामहरु भएका छन । त्यसमा पनि युथहरुलाई इन्गेज गरेर काम गरिराखेका छौं । अभैm कुरा गर्नुहुन्छ भने वाटर एटिएम । स्पेसिफिक लोकेशन, जहाँ जोखिममा परेकाहरुलाई फ्रिली वाटर गर्मीको ठाउँमा उपलब्ध गराउने काम गरिएको छ । तपाई नेपालगंज, भैरहवामा जानु भयो भने त्यहाँ साथीहरुले त्यसरी काम गरिराख्नुभएको छ । हामीले एउटा कन्सेप्ट छ । त्यो भनेको कुलिङ सेन्टर । यो वास्तवमा दीर्घकालीन सहयोग त होइन । जस्तो बुढाबुढी, श्रमिकहरु, त्यस्तो समुदायमा एकदमै गाह्रो भयो भने चिसो ठाउँमा आएर आफूलाई रिल्याक्स गर्ने ठाउँ कुलिङ सेन्टर । त्यो मेनसिपालिटीसँग मिलेर हामीले नेपालगंजमा कुलिङ सेन्टर निर्माण गर्दैछौं । अब त्यो बनाउने अन्तिम तरखरमा हुनुहुन्छ उहाँहरु ।’
रेडक्रसले तराईको अधिकांश जिल्लाहरुमा गर्मीले निम्त्याउने विपद व्यवस्थापनको क्षेत्रमा काम गर्ने योजना पनि तय गरिएको जनाएको छ । विपद् व्यवस्थापन विभागका अनुसार त्यसको लागि स्रोतको खोजी गर्ने काम भईरहेको छ । रेडक्रसले सन् २०२१ देखि गर्मीबाट हुने जोखिम न्युनिकरणको क्षेत्रमा पनि काम गर्दै आएको छ । —न्युज एजेन्सी नेपाल
























