देश/प्रदेश
मोटरसाइलकल दुर्घटनामा घाइते वडाध्यक्षको मृत्यु
०

काठमाडौं, असार ७-
उदयपुरको वेलका नगरपालिका-९ का वडाध्यक्षको मृतयु भएको छ । दुर्घटनामा परी घाइते भएका वडाध्यक्ष ४४ वर्षीय पदम खड्काको उपचारका क्रममा मृत्यु भएको हो।
गत जेठ ३० गते मोटरसाइकल दुर्घटनामा परेका खड्कालाई सुरूमा उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रष्तिष्ठान लगिएको थियो।
टाउकोमा गम्भीर चोट लागेका उनलाई थप उपचारका लागि जेठ ३१ गते हेलिकप्टरमा नर्भिक अस्पताल ल्याइएको थियो। तर, हिजो (बिहीबार) राति ११ः५५ बजे खड्काको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























