देश/प्रदेश
ड्रेस नलगाएको भन्दै विद्यार्थीमाथि कुटपिट, घटनाबारे बताए विद्यालयबाट निकाल्ने चेतावनी

रुकुम पश्चिम, असार ६-
विद्यालयको पोशाक नलगाएको भन्दै विद्यार्थीमाथि करारमा नियुक्त विद्यालय नर्स शर्मिला खड्काले निलडाम हुने गरी कुटपिटगरेकी छिन् ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका– १ मा रहेको त्रिपुरा माविमा विद्यालयको पोशाक नलगाएको भन्दै नर्स खड्काले ४ देखि १० कक्षाका केही विद्यार्थीमाथि कुटपिट गरेकी हुन् । केही दिनपछि अभिभावले छोराछोरीको शरीरमा घाउ, चोट देखेपछि सोधपुछ गर्नेक्रममा उक्त घटना बाहिर आएको हो ।
विद्यार्थीलाई चउरमा लाइन लगाएर खड्काले लठ्ठीले कुटेकी विद्यार्थीका अभिभावले बताएका छन् । विद्यालय पोशाक नलगाएको भन्दै खड्काले छोराको पिडौलामा निलडाम हुने गरी पिटेको अभिभावक लिला बोहराले बताइन् ।
अभिभावका अनुसार सुरुमा उक्त घटनाबारे बताए विद्यार्थीलाई विद्यालयबाट निकालीदिने चेतावनी दिइएको थियो । त्यही कारण तत्काल घटनाबाहिर आउन सकेन ।
प्रधानाध्यापक शंकर रावलले विद्यार्थीमाथि कुटपिट भएको घटना स्वीकार्दै विद्यार्थी र अभिभावसँग समेत माफी मागेको बताए । ‘म विद्यालय नभएको दिन यो घटना भएको रहेछ,’ उनले भने, ‘घटनाबारे थाहा पाएपछि हामीले नर्सलाई स्पष्टीकरण सोधेर माफी माग्न लगाएका थियौं ।’
खड्का मुसिकोट नगरपालिकाबाट करारमा नियुक्त विद्यालय नर्स हुन् ।
सूचना स्रोतः अनलाइन खबर