देश/प्रदेश
अर्धबेहोस अवस्थामा भेटिएका दम्पतीको मृत्यु
०

ललितपुर, असार १-
ललितपुरमा बेहोस अवस्थामा भेटिएका दम्पतीको मृत्यु भएके छ ।
सिन्धुपाल्चोक घर भई हाल जावलाखेल अल्का अस्पताल पछाडि डेरा गरि बस्ने २५ वर्षीय उमेश सेन्चुरी र उनकी श्रीमती २५ वर्षीया रेणु सेन्चुरी गत राती साढे ८ बजे अर्धबेहोश अवस्थामा फेला परेका थिए । उनीहरुको उपचारको क्रममा राती साढे ९ बजे पाटन अस्पतालमा मृत्यु भएको हो ।
घटना सम्बन्धमा अनुसन्धान कार्य शुरु गरिएको ललिलतपुर जिल्ला प्रहरी परिसरले जनाएको छ । दुबैको शव शिक्षण अस्पताल महाराजगन्जमा पोष्टमार्टमको लागि पठाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























