खेलकुद
फिफा विश्वकप छनोट : आज नेपालले यूएईसँग खेल्ने
०

काठमाडौं, जेठ २४-
फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणमा आज नेपालले यूएईसँग खेल्दैछ।
खेल साउदी अरेबियाको प्रिन्स मोहमद विन मैदानमा राति पौने ९ बजे सुरु हुनेछ। समूह ‘एच’ मा युएई अपराजित र नेपाल जितविहीन छ।
फिफा वरीयतामा यूएई ६७औँ र नेपाल १७८औँ स्थानमा छ। नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले युएईविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन्।
कप्तान किरणकुमार लिम्बूको लागि यूएईविरुद्ध प्रतिस्पर्धा गर्दा ९९औँ खेल हुनेछ।
नेपालले दोस्रो चरणका चार खेल खेल्दा नेपालले १४ गोल खाएको छ भने एक गोल पनि गर्न सकेको छैन।
युएईले ११ गोल गर्दा १ गोलमात्रै खाएको छ। युएई तेस्रो चरणको लागि छनोट भइसकेको छ। यूएईविरुद्धको पछिल्लो भेटमा नेपाल ४–० ले पराजित भएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























