देश/प्रदेश
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी १८९ वर्षा
०

काठमाडौँ, असोज १० –
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९ मिलिमिटर वर्षा भएको छ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार पाल्पाको अर्चलेमा १७२ मिलिमिटर, गुल्मीको भार्सेमा १७० दशमलव आठ मिलिमिटर, म्याग्दीको कुहुनमा १६५ दशमलव दुई मिलिमिटर र दर्वाङमा १६१ मिलिमिटर वर्षा मापन भएको छ ।
अहिले कैलालीको भजनी र धनगढी विमानस्थल, म्याग्दीको बेनी, पर्वतको कार्कीनेटा, पाल्पाको अर्चले, स्याङ्जाको पाँचमूल वर्षा भइरहेको मापन केन्द्रले जनाएका छन् । वर्षाका कारण बाँके, म्याग्दी, पर्वत, लमजुङ, चितवन र भोजपुरका विभिन्न नदीनालामा जलसहत सतर्कता तह नजिक पुगेको छ । बाढी मापन केन्द्रका अनुसार बाँकेको किरन नाला नदी र म्याग्दीका मङ्गलघाटमा नदीले जलसहत सतर्कता तह पार गरेको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























