Breaking News
एशियन गेम्सः नेपालले जापानलाई दियो १५० रनको बलियो लक्ष्य, जोरा र बमले बनाए अर्धशतक

काठमाडौँ, असोज १०–
जापानमा जारी २०औं एशियन गेम्स पुरुष क्रिकेट अन्तरगत नेपालले आज घरेलु टोली जापानलाई १५० रनको बलियो लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल सुन्दीप जोरा र लोकेश बमको बिष्फोटक पारीमा जापानलाई चुनौतिपूर्ण लक्ष्य पेश गरेको हो ।
वर्षाले प्रभावित खेलमा निर्धारित १५ ओभरमा मात्र ४ विकेट गुमाउँदै नेपालले १४९ रन बनायो । अन्तिम बलमा छक्का प्रहार गर्दै लोकेश बमले अविजित अर्धशतक समेत बनाए । २२ बल खेलेका बमले ६ छक्का र एक चौका प्रहार गरे । सुन्दीप जोराले ३२ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ५७ रनमा अविजित रहे ।
आशिफ शेख २१ रनमा आउट भए भने कुशल भुर्तेल ४, कुशल मल्ल र गुल्शन झा समान २–२ रनमा आउट भए ।
जापनका लागि रेओ साकुरानो–थोमस, इब्राहिम ताकाहाशी, जेक कुसुदा–नायर्न र डेक्लान सुजुकीले समान एक–एक विकेट लिए ।
अहिले मैदानमा वर्षा भइरहेकोले दोस्रो इनिङ सुरु हुन सकेको छैन ।






















