Breaking News

एशियन गेम्सः नेपाल र जापानको खेल रद्द, नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश

०
Banner

काठमाडौँ, असोज १०–

जापानमा जारी २०औं एशियन गेम्स पुरुष क्रिकेट अन्तरगत आज भएको नेपाल र घरेलु टोली जापानबीचको खेल वर्षाले रद्द भएको छ । निरन्तर वर्षाले १५ ओभरको दोस्रो इनिङ सुरु हुन नसकेपछि खेल रद्द गरिएको हो ।

योसंगै दुवै टिमले समान एक–एक अंक बाडेका छन् । अफगानिस्तानविरुद्ध नेपाल विजयी भएकाले ३ अंकसहित नेपाल समूह ‘ए’को विजेता बन्यो । अफगानिस्तान समूह उपविजेता बन्दै क्वाटरफाइनलमा स्थान बनायो । अफगानिस्तानले जापानलाई पहिलो खेलमा हराएको थियो । जापानको एक अंक मात्रै रहदै पुछारमा रह्यो । एउटा समूहबाट दुई टिम क्वाटरफाइनलमा प्रवेश गर्ने प्रावधान रहेको थियो ।

आज वर्षाले प्रभावित बनेको खेल १५ ओभरमा घटाइएको थियो । सोही अनुरुप टस हारेर नेपाल पहिलो ब्याटिङ गरेको थियो । सुन्दीप जोरा र लोकेश बमको बिष्फोटक पारीमा जापानलाई १५० रनको चुनौतिपूर्ण लक्ष्य पेश गरेको थियो । निर्धारित १५ ओभरमा मात्र ४ विकेट गुमाउँदै नेपालले १४९ रन बनायो ।

अन्तिम बलमा छक्का प्रहार गर्दै लोकेश बमले करिअरकै पहिलो अविजित अर्धशतक समेत बनाए । २२ बल खेलेका बमले ६ छक्का र एक चौका प्रहार गरे । सुन्दीप जोराले ३२ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ५७ रनमा अविजित रहे । आशिफ शेख २१ रनमा आउट भए भने कुशल भुर्तेल ४, कुशल मल्ल र गुल्शन झा समान २–२ रनमा आउट भए ।

जापनका लागि रेओ साकुरानो–थोमस, इब्राहिम ताकाहाशी, जेक कुसुदा–नायर्न र डेक्लान सुजुकीले समान एक–एक विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>