देश/प्रदेश

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

०
Banner

ललितपुर, असोज १० –

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच पुर्‍याउन प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताउनुभएको छ ।

विश्व मुटु दिवसका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले नागरिक स्वस्थ नभएसम्म देशको विकास सम्भव नहुने बताउँदै स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर आफूले काम गरिरहेको बताउनुभयो ।

उहाँले बागमती प्रदेशका १३ वटा प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तारका साथै एकीकृत स्वास्थ्य सेवा र पोषण प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य र शिक्षा क्षेत्रमा पर्याप्त लगानी गरी विपन्न वर्गलाई निःशुल्क सेवा उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान् कोइरालाले रोग लागेपछि उपचार गर्नेभन्दा रोगको रोकथाम र सचेतनामा ध्यान दिनुपर्ने बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>