समाज
६६ वर्षीय बुवाको हत्या गरी जंगलमा लुकेका छोरा पक्राउ
०

काठमाडौं, जेठ १९-
इलाममा बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ परेका छन्।
माई नगरपालिका–१० ढोडेनीका ६६ वर्षीय दिलबहादुर राईको हत्या गरी फरार रहेका ३५ वर्षीय रामबहादुरलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
रामबहादुरलाई ढोडेनी जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले जानकारी दिए।
घरायसी विवादका क्रममा रामबहादुरले दिलबहादुरलाई चिर्पटले हिर्काएका थिए। गम्भीर घाइते उनको उपचारका लागि अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























