चितवन विशेष

चितवनमा बाढीमा फसेका १० जनाको सकुशल उद्धार

०
Banner

चितवन,असोज ११-

अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढ्दा चितवनमा डुवानमा परेका ३ घरको छतमा बसेका १० जनाको सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन् । आइतबार बिहान करिब १०ः३० बजे भरतपुर महानगरपालिका–१६ झनझनेस्थित गुम्बाचोकमा नारायणी नदीको बहाव बढेर तीनवटा घर डुबानमा परेका थिए ।

डुबानमा परेका घरको छतमा बसेका १० जनालाई सशस्त्र प्रहरी बल नेपाल नं.१७ गणबाट खटिएको सुरक्षाकर्मीको टोलीले उद्धार गरेको हो । सशस्त्र प्रहरीले रबरबोटको सहायताले उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>