चितवन विशेष

नारायणी नदीमा क्रुजसिप बगाएपछि पूर्व–पश्चिम राजमार्ग बन्द

०
Banner

काठमाडौं, असोज ११
चितवनस्थित नारायणी नदीमा राखिएको क्रुजसिप नै बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ । नदीले बगाएको क्रुजसिप बगेर पुलको पिलरमा आएर अड्किएको छ ।

पुलको पिलरमा क्रजुसिपले धक्का दिएपछि अहिले नारायणी नदी वारपार भएर आवतजावत गर्ने सवारी साधनहरू बन्द गरिएको छ । यो सँगै पूर्व–पश्चिम राजमार्ग पनि बन्द भएको हो । एसपी रामेश्वर पौडेलका अनुसार, केहीबेरदेखि पुलमा सवारी आवतजावत बन्द गरिएको हो । ‘पुलको गैंडाकोटपट्टिको पिल्लरमा अड्किएर बसेको छ । पानीको सतह बढ्दैछ, जोखिम पनि बढ्दैछ,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>