Breaking News
नारायणी नदीको नयाँ रेकर्ड, पानीको सतह ११ दशमलव ९१ पुग्यो

चितवन, असोज ११
नारायणी नदीको पानीको सतह इतिहासकै उच्च बिन्दुमा पुगेको छ । लगातारको मुसलधारे वर्षाका कारण आइतबार दिउँसो २ः१३ को समयमा नारायणी नदीले नयाँ रेकर्ड कायम गरेको हो । जल मापन केन्द्र देवघाटमा दिउँसो ११ दशलव ९१ मिटर पुगेको थियो । जल मापन केन्द्र स्थापनाकाल देखि हालसम्म नदीको सतह यति माथि पुगेको पहिलो हो। अघि मध्याह्न १२ बजे नदीको पानीको सतह ११ मिटर ८९ मिटर पुगेको थियो ।
यस अघि २०८१ असोज १२ गते ११ दशमलव ६ मिटर पुगेको थियो । त्यस्तै सोही बर्ष असार २२ गते १० मिटर ४६ सेन्टिमिटर पुगेको थियो। यस वर्ष नारायणीले इतिहासकै रेकर्ड ब्रेक गरेको
जल मापन केन्द्र देवघाटका सुमित अधिकारीले जानकारी दिए । नारायणी नदीमा नौ मिटर पानीको सतह पार गर्नुलाई खतरा मानिन्छ। मापन अनुसार सात मिटर ३० सेन्टिमिटर सतह पार गर्नुलाई नदीको बहाव मापदण्ड भन्दा माथि रहेको सतर्कताको अवस्था मानिन्छ भने नौ मिटर पार गर्नु खतराको सूचकको रूपमा लिने गरिन्छ।






















