समाचार

उच्च गर्मी रहेको पश्चिम तराईमा कहिलेसम्म पानी पर्छ ?

०
Banner

काठमाडौं,जेठ १९-

देशका लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका केही ठाउँमा अत्यधिक गर्मी कायमै छ । ती क्षेत्रमा विगत केही दिनदेखि नै अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको छ । आज र भोलि पनि पश्चिम तराई क्षेत्रमा मौसम सफा रहने अनुमान छ । मौसम सफा हुँदा अत्यधिक गर्मीको सम्भावना कायमै रहेको, केही दिनदेखि तातो हावा चलेको हुँदा आवश्यक तयारी तथा सतर्कता अपनाउन मौसमविद्को सल्लाह छ ।

कृषि मौसम सल्लाह बुलेटिनकाअनुसार देशका पश्चिमी क्षेत्र लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा यो हप्ताभरी नै पानी पर्ने सम्भावना निक्कै कम छ । अर्थात् आजदेखि आउँदो बिहीवारसम्म पश्चिम तराईमा पानी पर्ने सम्भावना कम छ ।

हप्ताको मध्य र अन्तिमतिर गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका एक/दुई ठाउँमा साथै कोशी, मधेश र बाग्मतीको थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका पहाडी क्षेत्रमा थोरै ठाउँमा भने यो हप्ता पनि मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>