समाचार

ठमेलमा रातको समयमा यात्रुलाई हैरान पार्ने ९ विदेशीसहित १५ महिला पक्राउ

Banner

काठमाडौं,जेठ १८-

प्रहरीले अनैतिक कार्यमा संलग्न रहेको आरोपमा १५ जना महिलालाई पक्राउ गरेको छ । ठमेलस्थित सडक क्षेत्रमै पैदलयात्रुलाई रातको समयमा हैरानी गर्ने गरेको आरोपमा ९ जना विदेशी महिला र ६ जना नेपाली महिला पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा विदेशी महिलाहरूमा युगान्डाका आठजना र एकजना केन्याकी महिला छन् ।

उनीहरूलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अभद्र मुद्दामा पाँच दिनको अनुमति पाएको छ । उनीहरूमाथि प्रहरी वृत्त लैनचौरको टोलीले अनुसन्धान जारी राखेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>