समाज

कानुनका विषयमा व्यवसायीलाई अभिमुखिकरण

Banner

चितवन, जेठ १२-

उद्योग वाणिज्य संघ–चितवनले कानुनका विषयमा व्यवसायीलाई अभिमुखिकरण प्रदान गरेको छ । उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा संघमा आवद्ध उद्योगी व्यवसायीहरुलाई व्यवसायिक कानुनका बारेमा सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा स्वागत मन्तव्य दिदै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले कानुनी विषयमा अन्जानमा गल्ति भएको भन्न नहुने भन्दै आफ्नो व्यवसायसँग सम्बन्धित कानुन जान्न उद्योगी व्यवसायीहरुलाई अनुरोध गरे । उनले व्यवसायीहरुलाई कनुनका विषयमा सजग गराउन कार्यक्रम आयोजना गरेको बताए ।

वरिष्ठ अधिवक्ता एवम् उद्योग वाणिज्य संघ–चितवनको पूर्व कानुनी सल्लाहकार प्रभु कोईरालाले कर्पोरेट कानुन, वाणिज्य कानुन र प्रचलित सार्वजनिक खरिद ऐन एवं सर्बोच्च अदालतको व्याख्या÷नजीरका सम्बन्धमा जानकारी गराए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनको निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, द्वितीय उपाध्यक्ष अशोक अधिकारी, कार्यकारी निर्देशक निलबहादुर केसी, संघका सल्लाहकारहरु, विशिष्ट सदस्यज्यूहरु, कार्यसमिति सदस्यहरु, वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधिहरु लगायतको उपस्थिती थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>