नवलपरासी

नारायणगढ–बुटवल सडकखण्डमा ट्याक्टरको ट्रली पल्टिँदा च्यापिएर महिलाको मृत्यु

०
Banner

नवलपरासी , असोज १२ –

नवलपरासी पूर्वको देवचुली नगरपालिका–१६ टाँगिकोटस्थित नारायणगढ–बुटवल सडकखण्डमा ट्याक्टरको ट्रली पल्टिँदा च्यापिएर एक महिलाको मृत्यु भएको छ।

नारायणगढ–बुटवल सडक विस्तार परियोजनाअन्तर्गत चाइना कम्पनीको परिसरमा लु.२ त ६८११ नम्बरको ट्याक्टरको ट्रलीमा ब्लक लोड गर्ने क्रममा ट्रली पल्टिएको थियो। ट्रलीको पछाडिपट्टि बसेकी देवचुली नगरपालिका–४ की करिब ४० वर्षीया मनकुमारी सोती मगरको ट्रलीको ढालाले च्यापिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रलीले टाउकोदेखि कम्मरसम्मको भाग च्यापिएपछि उनको मृत्यु भएको हो।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक ज्ञानप्रसाद काफ्लेको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले ट्रली उठाएर शव निकालेको छ। घटनाबारे मृतकका आफन्तलाई जानकारी गराइएको र शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>