समाचार

काठमाडौंमा बिहानैदेखि वर्षा,अन्य ठाउँको मौसम कस्तो छ ?

Banner

काठमाडौं,जेठ १२-

काठमाडौंमा बिहानैदेखि वर्षा सुरु भएको छ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बिहानैदेखि वर्षा सुरु भएको हो । काठमाडौं उपत्यकासँगै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वाग्मती र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन /चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>