माैसम

काठमाडौं उपत्यकामा पर्दैछ पानी !

Banner

काठमाडौँ, जेठ २-

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यतिखेर पानी परिरहेको छ। उपत्यकाको मौसम बदली भइ सुन्धारा, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क र आसपासका क्षेत्रमा पानी दर्किरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, बिहान उपत्यकाको मौसम सफा रहेको थियो। अहिले दिउँसोपछि मौसम बदली भइ अहिले उपत्यकामा पानी परेको हो।

यस्तै,कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदली तथा तराई भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहको छ।

गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन,चट्याङ्ग र हावारहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>