खेलकुद
हङकङविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने
०

काठमाडौं, वैशाख ३-
ओमनमा जारी एसीसी प्रिमियर कपमा नेपालले हङकङविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । ओमनको अल अमरेत क्रिकेट–१ मा हङकङविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
वर्षाका कारण निर्धारित समयमा खेल हुन नसकेपछि ओभर घटाएर अब खेल १८ ओभरको हुनेछ ।