राजनीति
पोखरा आएको फ्लाइ दुबईको जहाज लखनउ डाइभर्ट
०

कास्की, असोज १७-
दुबईबाट पोखरा आएको फ्लाइ दुबईको जहाज खराब मौसमका कारण भारतको लखनउतर्फ डाइभर्ट भएको छ।
शनिबार साँझ पोखरामा हावाहुरीसहित वर्षा भएपछि विमानस्थल आसपासको मौसम प्रतिकूल बनेको थियो। पोखराको आकाशमा केही समय होल्ड गरेपछि जहाज लखनउतर्फ डाइभर्ट भएको पोखरा विमानस्थलले जनाएको छ।
पोखरा विमानस्थलमा ६ बजेर १५ मिनेटमा ल्याण्ड हुने तालिका थियो । विमानले पोखराको आकाशमा करिब पाँच राउण्ड लगाएपछि मौसममा तत्काल सुधार नआएपछि लखनउतर्फ गएको हो। पोखरा विमानस्थलका अनुसार मौसममा सुधार आएपछि फ्लाई दुबईको जहाज पुनः पोखरा फर्किने तयारीमा रहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























