नवलपुर

नवलपुरबाट केबी राना कांग्रेस केन्द्रीय सदस्य पदको उम्मेदवार

०
Banner

नवलपुर, असोज १७–

सामाजिक अभियान्ता, सञ्चारकर्मी तथा युवा नेता खड्क बहादुर राना (केबी राना) नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदको उम्मेदवार बन्ने हुनुभएको छ। नवलपुर क्षेत्र नम्बर २ बाट खुला प्रतिस्पर्धामा भारी मतका साथ महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएका रानाले पार्टीको केन्द्रीय राजनीतिमा आफ्नो सशक्त दावेदारी प्रस्तुत गर्नुभएको हो।

बाल्यकालदेखि नै सामाजिक रुपान्तरणमा सक्रिय राना नेपालमा बाल क्लब अभियानका अग्रणी व्यक्तित्व मानिनुहुन्छ। सानो उमेरमै विद्यालयको अनियमितताविरुद्ध आवाज उठाएर राजनीतिक(सामाजिक यात्रा सुरु गर्नुभएका उहाँले १० वर्षको उमेरमा ुसृजना बाल क्लबु स्थापना गरी समाजसुधारका क्षेत्रमा उल्लेखनीय कार्य गर्नुभएको थियो। १६ वर्षको उमेरमा ३ सय बाल क्लबका १५ हजार बालबालिकाको नेतृत्व सम्हालिसक्नुभएका राना पत्रकारिता र सञ्चार उद्यमीका रूपमा समेत स्थापित नेता हुनुहुन्छ।

आफ्नो उम्मेदवारीबारे स्पष्ट पार्दै रानाले सामाजिक क्षेत्रमा आर्जन गरेको डेढ दशकको अनुभव, निष्ठाको राजनीति र युवाहरूको प्रतिनिधित्व गर्दै आफूले केन्द्रीय सदस्यमा दावेदारी दिएको बताउनुभयो। उहाँले भन्नुभयो ,ुबाल्यकालदेखि नै अन्याय र विकृतिविरुद्ध आवाज उठाउँदै आएको छु। कांग्रेसलाई समयसापेक्ष, पारदर्शी र युवामैत्री बनाउनुका साथै देशको सामाजिक–आर्थिक रुपान्तरणका लागि केन्द्रीय नीति निर्माण तहमा मेरो सशक्त उपस्थिति रहनेछ।ु
पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूबाट माया, आशीर्वाद र अमूल्य मतको अपेक्षा राखेको रानाको भनाइ छ।

रेडियो नेपाल, कान्तिपुर टीभी, नागरिक दैनिक लगायतका सञ्चारमाध्यममा कार्यअनुभव सँगाल्नुभएका राना मध्य नेपालकै पहिलो स्थानीय ‘देवचुली टेलिभिजन’का संस्थापक अध्यक्ष हुनुहुन्छ। उहाँले नेपाल प्रेस युनियनको केन्द्रीय सचिव, देबचुली जेसीजको सस्थापक अध्यश तथा नवलपुर उद्योग संघको अध्यक्षजस्ता जिम्मेवारी कुशलतापूर्वक सम्हालिसक्नुभएको छ। हाल राना नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य तथा नेपाल उद्योग परिसंघको केन्द्रिय सदस्य हुनुहुन्छ ।

अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो क्षमता प्रदर्शन गर्नुभएका रानाले संयुक्त राष्ट्रसंघको ुयुएन मिसन डेलिगेटुका रूपमा द्वन्द्वग्रस्त मुलुक साउथ सुडानमा कार्य गर्नुभएको छ भने चीन सरकारको फेलोसिपमा चिनियाँ विकास मोडलको अध्ययन गर्नुभएको छ। समाजशास्त्रमा स्नातकोत्तर तथा कानुन र ग्रामीण विकासमा स्नातक गर्नुभएका राना हालसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका ३ सयभन्दा बढी संस्थाबाट सम्मानित भइसक्नुभएको छ।

नेपाल विद्यार्थी संघको क्याम्पस इकाइ सचिवबाट औपचारिक राजनीति सुरु गर्नुभएका राना हाल कांग्रेस बौदीकाली गाउँपालिकाका निवर्तमान सभापति हुनुहुन्छ। बि।स। २०७९ सालको स्थानिय निर्वाचनमा राना नेपाली काँग्रेसको तर्फ बाट बौंदीकाली गाउँपालिकाको अध्यक्षमा प्रतिस्पर्धा गरि उपबिजेता बन्नु भएको थियो । युवा, समाजसेवा, सञ्चार र संगठन निर्माणको लामो अनुभव बोक्नुभएका रानाले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भई पार्टीलाई नयाँ ऊर्जा र विचार दिने विश्वास व्यक्त ब्यक्त गर्नु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>